(१) यो ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले काउन्सिलको राय लिई नियमहरू बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्व सामान्यतामा प्रतिकूल प्रभाव नपारी ती नियमले देहायको कुराहरूमा व्यवस्था गर्न
सक्नेछ :–
(क) काउन्सिलको वैठक र त्यसको कार्यविधि तोक्ने,
(ख) दफा ४ बमोजिम काउन्सिलको सदस्यहरूको चुनाव गर्ने तरिका तोक्ने,
(ग) काउन्सिलका अध्यक्ष र सदस्यहरूको अधिकार र कर्तव्य तोक्ने,
(घ) काउन्सिलको कोष धन सम्पत्तिको व्यवस्था गर्ने,
(ङ) काउन्सिलको अध्यक्ष र सदस्यहरूलाई पारिश्रमिक दिने,
(च) रजिष्ट्रार र अरू कर्मचारीको सेवाको शर्त, तलब, भत्ता र सजाय, बर्खासी सम्बन्धी आवश्यक व्यवस्था गर्ने,
(छ) यो ऐन बमोजिम राख्नुपर्ने दर्तावाला चिकित्सकको दर्ता किताबको फाराम तोक्ने,
(ज) मेडिकल चिकित्सा सम्बन्धी फिरिस्त प्रकाशित गर्ने,
(झ) यस ऐन बमोजिम लिनुपर्ने दस्तुर र दरखास्त पत्र निर्धारित गर्ने,
(ञ) समितिहरूको गठन गर्ने तरिका त्यस्तो समितिको कर्तव्य र अधिकार तोक्ने,
(ट) हिसाब किताब राख्ने,
(ठ) दर्ता किताब जम्मा गर्ने र प्रकाशन गर्ने,
(ड) रजिष्ट्रारको निर्णय उपर काउन्सिलले पुनरावेदन सुन्ने तरिका तोक्ने,
(ढ) काउन्सिलको काम सुचारु रूपले चालू गर्न चाहिने अरू कुराको व्यवस्था गर्ने ।